शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारको मौसम पूर्वानुमान

शुक्रबार, १६ जेठ २०७७, ०७ : ५९
शुक्रबार, १६ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले हाल  नेपालमा पश्चिमी  वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको  र स्थानीय वायुको पनि प्रभाव  रहेको जनाएको छ । 

यसैगरी, महाशाखाले हाल  देशको पश्चिमी भूभाग लगायत  मध्य तथा पुर्वी पहाडी  भूभागमा सामान्य  बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 
 
यस्तै, शुक्रबार दिउँसो  देशभर सामान्य बदली रहनुका साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार राति देशको पूर्वी ,मध्य र पश्चिमी पहाडी भूभागहरुमा  सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

साथै, पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप