चिया र पाम तेलपछि अलैँची निर्यातमा भारतीय अवरोध
शुक्रबार, १६ जेठ २०७७, ०७ : १२

ताप्लेजुङ – चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ ।
कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो ।
–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो ।
‘चैत पहिलो सातादेखि अघोसित रुपमा हाम्रो अलैँची रोकिएको छ,’ अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने,‘लक विभिन्न बहाना बनाएर पानीट्यांकीस्थित भारतीय भन्सारका अधिकारीले प्रवेश दिन मानिरहेका छैनन् ।’
उनका अनुसार भारतले अलैँची रोक्नुको कारण भने खुलाएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर