चीनसँग सीमा विवादका कारण मोदीको मुड ठिक छैनः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् ।
ट्रम्पले भने, ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु ।’
ट्रम्पले चीनसँग जारी ‘ठूलो विवाद’ को विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको पनि जानकारी दिए । ट्रम्पले दाबी गर्दै भने, ‘दुई देशबीचको तनावको विषयमा प्रधानमन्त्री मोदीको मूड ठिक छैन ।’
#WATCH "We have a big conflict going on between India & China, 2 countries with 1.4 billion people & very powerful militaries. India is not happy & probably China is not happy, I did speak to PM Modi, he is not in a good mood about what's going on with China": US President Trump pic.twitter.com/1Juu3J2IQK
— ANI (@ANI) May 28, 2020
ट्रम्पले यो विवादमा भारत रत्तिभर पनि खुसी नभएको र सायद चीन पनि खुसी नभएको बताएका छन् ।
ट्रम्पले यी कुरा पत्रकारसँग बिहिबार ह्वाइट हाउसको ओभलमा भनेका हुन् । अमेरिकी राष्ट्रपतिले भारत र चीनबीच ठूलो भीडन्तको स्थिती सिर्जना भएको बताएका छन् ।
एक भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई तपाईंको प्रधानमन्त्री निकै मनपर्छ । उनी निकै सज्जन छन् ।’ भारत–चीनबीचको तनावबारे कुरा गर्दै उनले भने, ‘भारत र चीनबीच ठूलो भिडन्तको स्थिती छ । दबै देशसँग १ अर्ब ४० करोड जनसंख्या छ । दुबै देशसँग निकै बलियो सेना छ । भारत खुसी छैन र सायद चीन पनि छैन । मैले मोदीसँग कुरा गरेको थिएँ र चीनसँग हाल जे चलिरहेको छ, त्यो विषयमा उनको मूड ठिक छैन ।’
बुधबार ट्रम्पले ट्वीटमा दुई देशबीचको सीमाको विषयमा जारी विवादका लागि मध्यस्थताको प्रस्ताव पेश गरेका थिए । ट्रम्पले आफू मध्यस्थताका लागि तयार भएको बताएका थिए । जब ट्रम्पलाई मध्यस्थताका लागि सोधियो तब उनले भने, ‘म यस्तो गर्न सक्छु । यदि उहाँहरुलाई यसमार्फत् मद्दत मिल्छ भन्ने लाग्छ भने म यस्तो गर्न सक्छु ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण