मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

बिहीबार, १५ जेठ २०७७, २२ : ५४
बिहीबार, १५ जेठ २०७७

अर्घाखाँची ।  भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । 

जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको भारतकै डुम्रीयागंज भन्ने स्थानमा जेठ १० गते राति बसमै मृत्यु भएको थियो ।

त्यसपछि उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि प्रदेश  जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिए ।  

ती युवासँगै आएका अरु  ३ जना अर्घाखाद्वीमा भूमिकास्थानको क्वारेन्टाइन बसेका छन्। उनीहरुको पनि पीसीआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

कपिलवस्तुमा पोस्टमाटम  पछि शव अर्घाखाँची लगेर अन्तिम संस्कार गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप