शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन भएन : गोविन्द पोखरेल

बिहीबार, १५ जेठ २०७७, २१ : ४३
बिहीबार, १५ जेठ २०७७

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले आर्थिक वर्ष २०७७÷०७८को बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक सबै क्षेत्रमा पुरानै निरन्तरता रहेको बताएका छन् ।

बजेटले उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने विषयमा जोड दिन नसकेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रमा पनि अपर्याप्त बजेट विनियोजन गरेको बताए ।

गत वर्ष भन्दा २२ अर्ब रकम बढाइएपनि त्यो रकम प्रयाप्त नहुने उनको भनाइ छ । लकडाउनका कारण सबै उद्योग व्यवसायहरु धरासायी भएको अवस्थामा उद्योगहरुलाई राहत दिने खालको कुनै नयाँ कार्यक्रम नआएको उनको भनाइ छ । सांसद विकास कोषको रकम कटौती गर्न नसकेकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे । 

पैसा विगत वर्ष भन्दा घटाइएपनि कटाउन नसकेको उनले बताए । सरकारले फजुल खर्च घटाउने विषयमा केही काम गर्न खोजेको बजेटमा देखिएको उनले बताए । राहतको विषयमा कुनै कार्यक्रम नआएको उनले बताए ।
उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने र अर्थतन्त्रलाई कसरी जोगाउने भन्ने योजना नभएको अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य महत्वाकांक्षी भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप