पत्रकार रमण कोरोनालाई जितेर घर फर्के
जनकपुर । पत्रकार वीरेन्द्र रमण अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणलाई जितेर बिहिबार प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट पत्रकार रमण डिस्चार्ज भएका हुन् । कोरोना संक्रमणको पुष्टी भएपछि उनलाई गत वैशाख ३१ गते आइसोलेसनमा राखिएको थियो ।
पत्रकार रमणको तेस्रो कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएपछि उनलाई चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको छ । चिकित्सक रविरञ्जन प्रधानकाअनुसार पत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको जनाए ।
पत्रकारहरुले स्वेच्छाले कोरोना संक्रमण रहे नरहेको बुझ्नका लागि पीसीआर टेस्ट गराएपछि पत्रकार रमण र १ जना पुस्तक व्यवसायीमा गत वैशाख ३० गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनी प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पहिलो व्यक्ति हुन् । उनी १८ दिनपछि आइसोलेसनबाट कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भई बाहिरिएका छन् ।
पत्रकार रमण डिस्चार्ज भएसङ्गै उनलाई फुलमाला लगाएर स्वागत गरिएको थियो । उनलाई नेपाल पत्रकार महासंघ प्रदेश दुईका महासचिव किरण कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अजय अनुरागीले माला लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय