शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेटमा फिल्म क्षेत्रः के–के विषय समेटिए ?

बिहीबार, १५ जेठ २०७७, १९ : ०७
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमा नेपाली फिल्म क्षेत्रले पनि प्राथमिकता पाएको छ । 

 अर्थ मन्त्री डा युवराज खतिवडाले बिहीबार बजेट प्रस्तुत गर्दै साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासका लागि कार्यक्रम संचालन गर्ने र त्यसका लागि आवश्यक बजेट वितरण गर्ने घोषणा गरेका छन् । 

यसैगरी नयाँ आर्थिक वर्षबाट नेपाली श्रमजीवी फिल्मकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात गर्ने, काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण गर्ने , मौलिक नेपाली फिल्म निर्माण गर्न प्रोत्साहित गर्ने, कलाकार संघको भवन निर्माण गर्न सहयोग र अनुदान दिने, नेपाली फिल्मको प्रवर्द्धन संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गर्ने समेतअर्थमन्त्रीले बताएका छन् । 

बजेटमा हल संचालकहरुलाई विद्युतमा छुट, कर छुट, निश्चित सामाग्रीमा कर मिनाह, विशेष राहत प्याकेज र अनुदानलाई जोड दिने विषय समेत समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप