शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

के–केमा बढ्यो कर ?

बिहीबार, १५ जेठ २०७७, १८ : ३५
बिहीबार, १५ जेठ २०७७

सरकारले  हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको छ । 

 १५ प्रतिशत वन पैदावार शुल्क आजैबाट खारेज गरिएको अर्थमन्त्री युवराज खतिवडाले बिहीबारको बजेट भाषणका क्रममा बताए । 

यस्तै  औद्योगिक क्षेत्र र व्यवसायिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई स्थापना भएको मितिले पाँच वर्षसम्म २५ प्रतिशत कर छुट दिइएको छ।

चुरोटमा कर बढेको छ भने गैरकर राजस्वको दर पुनरावलोकन गरिने उल्लेख छ ।

 नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लाग्‍ने भएको छ । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले आयविवरण र कर मोबाइल एप्समार्फत बुझाउन सक्ने व्यवस्था सरकारले मिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप