शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा डुबेर बालकको मृत्यु

बिहीबार, १५ जेठ २०७७, १८ : २१
बिहीबार, १५ जेठ २०७७

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवामा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेलिरहेका सियाराम मण्डलका १६ महिने छोरा आयुष मण्डलको आज डुबेर मृत्यु भएको हो ।

खाल्डोमा लडेर अचेत भएका बालकलाई उपचारका लागि नजिकैको युनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप