शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले खारेज गरे विभिन्न शीर्षकमा दिइँदै आएको भत्ता

बिहीबार, १५ जेठ २०७७, १८ : १९
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाविरुद्ध लडाईँमा फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता साउन १ गतेबाट खारेज गरिने घोषणा गरेका छन् । 
बैठक भत्ता, खाजा भत्ता, सेमिनार भत्ताका साथै इन्धन खर्च बापत पाइने अतिरिक्त रकम  खारेज गरिएको उनले बताए । 

यसैगरी प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता पनि कटौती भएको छ । भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमालगायतमा पनि उल्लेख्य बजेट कटौती गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप