आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी काठमाडौँवासीलाई वितरण गर्ने बताएका छन् ।
मेलम्चीको सो आयोजना सक्नका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको उनले बताए ।
यस्तै काठमाडौं उपत्यका खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड बजेट छुट्याएको मन्त्री खतिवडाको भनाई छ ।
तिनै तहबाट संचालित खानेपानी आयोजना २ बर्षमा सम्पन्न गरेर ९४ प्रतिशत नागरिकमा खानेपानी सुविधा व्यवस्था गर्ने उनले बताए ।
उनले सबै सबै प्रदेशका राजधाजीमा खानेपानी व्यवस्थापनका लागि बजेट छुट्याएको पनि बताए ।
तराई मधेशका सुख्खा क्षेत्रमा पम्पिङ व्यवस्थाबाट खानेपानीका लागि ५ अर्ब बजेट छ्ट्याएको खतिवडाले बताए ।
यस्तै काठमाडौ उपत्यका खानेपानी लिमिटेडलाई व्यवसायिक संस्थाको रुपमा विकास गर्न १ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।
खानेपानी आयोजना मर्मतका लागि ३ अर्ब छुट्याएको बताउदै तराई मधेशमा वितरण गर्ने पानीलाई आर्सनिक मुक्त बनाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत