एन्टिडम्पिङ लागू गरी आयात प्रतिस्थापन गरिने
बिहीबार, १५ जेठ २०७७, १७ : ३३
एन्टिडम्पिङ र काउन्टर भेलिङमार्फत आयात नियन्त्रण गरिने बजेटले व्यवस्था गरेको छ ।
विश्व बजारमा सम्भाव्य प्रतिस्पर्धी वस्तुको उत्पाद बढाइ निकासी प्रवर्द्धन गरिने बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले बताए ।
सबै स्थानीय तहमा खाद्य भन्डार स्थापना गर्न प्रोत्साहित गरिने पनि भएकाे छ ।
तुलनात्मक लाभ भएका वस्तुको उत्पादन गरि निकासी गर्न प्रोत्साहन गरिने भनिएको छ । नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गरिने पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।