उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा, श्रमिकका लागि खाद्यान्नमा राहत
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटले कोरोनाका कारण प्रभावित निजी क्षेत्र, उद्योग व्यवसायी र प्रभावित श्रमिकहरुलाई विशेष राहत प्याकेज ल्याएको छ ।
बिहीबार संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना प्रभावित निजी क्षेत्रका लागि आर्थिक उत्थानका लागि ५० अर्ब बराबरको आर्थिक कोष र लघु, घरेलु तथा साना उद्योग तथा मझौंला उद्योगहरुका लागि एक खर्ब बराबरको पुनर्कर्जाको व्यवस्था गरेको बताएका छन् ।
त्यस्तै, कोरोबाट प्रभावित श्रमिकहरुका लागि न्यूनत तलबको एकचौथाई रकम खाद्यान्नमा राहत अनुदान दिने जनाएका छन् ।
कोरोनाको मारमा परेका उद्योग व्यवसायीहरुलाई विद्युत महसुलमा ५० प्रतिशतको छुटको व्यवस्था गरेको समेत मन्त्री खतिवडाको भनाइ छ ।
यसका साथै कोरोना राहत प्याकेज अन्तरगत सरकारले प्रदान गरेको निजी क्षेत्रमा २ प्रतिशत ब्याजको कर्जाका लागि समेत थप ५० करोड व्यवस्था गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा बलियो दिल्लीलाई मुम्बईको चुनौती
-
अविनाशले दिलाए नेपाललाई चौथो सफलता
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’
-
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु
-
सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन
-
नासाको अध्ययनले पृथ्वीका नदीहरूको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने