स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट, कोरोना नियन्त्रणका लागि ६ अर्ब
सरकारले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि परीक्षणको दायरा बढाउनुका साथै भरपर्दो उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले औषधि, उपकरण र उपचार सामग्रीको कम हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरेको बताए ।
यस्तै उनले स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बिमा गर्ने पनि जानकारी दिए । स्वास्थ्य बिमामा ७ अर्ब ५० करोड विनियोजन भएको छ ।
यस्तै सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ । मन्त्री खतिवडाले काठमाडौं उपत्यकामा ३ सय शय्याको सरुवारोग अस्पताल निर्माण गर्नुका साथै सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाइने बताए । सबै प्रदेश राजधानीमा ५० शैयाको अस्पताल निर्माण गर्ने पनि अर्थमन्त्रीले बताए ।
त्यस्तै, सबै स्वास्थ्यसंस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने बजेटमा भनिएको छ ।
कान्ति बाल अस्पतालमा थप आइसियू सहितको उच्चशिक्षा अध्ययन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन
-
इलामको माङ्सेबुङमा कर्मचारी र मतादाताबिच वादविवाद
-
उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा देउवाले दिए धन्यवाद
-
मत प्रभावित पार्न खोजेपछि इलाममा ‘एग्जिट पोल’ संस्थाका केही व्यक्ति पक्राउ
-
लगानी सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी सहभागी हुँदै
-
उपनिर्वाचनमा घट्यो उत्साह : बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान