मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वगृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी

बिहीबार, १५ जेठ २०७७, १४ : २२
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् । 

शर्माले बिहीबार गाडीसहित सुरक्षाकर्मी फिर्ता गरेका हुन् । 

शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए । 

जसअनुसार बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ गरेको सचिवालयले जनाएको छ । शर्माको सुरक्षामा सशस्त्रका १० जना सुरक्षाकर्मी खटिँदै आएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका शर्माले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप