राम्रो काम गर्न खोज्दा सरुवा भयो : यादव कोइराला
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले राम्रो काम गर्न खोज्दा आफ्नो सरुवा भएको ंबताएका छन् ।
‘मन्त्रालयको काम कारबाहीमा कडाइ गरेपछि मेरो सरुवा गरियो,’ रातोपाटीसँग कुरा गर्दै सचिव कोइरालाले भने, ‘राम्रो कामको लागि कडाइ गरेपछि सरुवा गरिएको हुनसक्छ ।’
सरकारले सचिव कोइरालालाई तीन महिना नपुग्दै प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेको हो । सचिव कोइरालालाई फागुन १८ मा स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको थियो ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको हो ।
कोइरालाको ठाउँमा आएका सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए । सचिव अर्यालले आइतबारदेखि स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा