शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के रेखाले सञ्जय दत्तसँग गरेका थिए विवाह ? खबर सुनेर अचम्मित भएको थियो बलिउड

बिहीबार, १५ जेठ २०७७, १३ : ११
बिहीबार, १५ जेठ २०७७

बलिउड फिल्मले जति धेरै चर्चा पाउँछ त्यति नै त्यहाँका किस्सा पनि चर्चित हुनछन् । विशेषगरी नायक–नायिकाबीचको प्रेम सम्बन्ध धेरैजसो हेडलाइनमा छाइरहन्छन् । कुनै जमानाकी नायिका रेखा पनि यो मामिलामा अपवाद छैनन् । अमिताभ बच्चनदेखि अक्षय कुमारसम्म थुप्रै नायकसँग उनको नाम जोडिउो तर ८० को दशकमा एकपटक पुनः उनको विवाहको अफवाह उडेको थियो । के थियो त वास्तविकता ? यसबारे चर्चित लेखक यासिर उस्मानले आफ्नो किताब ‘रेखाः द अनटोल्ड स्टोरी’ मा बताएका छन् । आउनुहोस्, रेखाबारे त्यो पुरानो किस्साबारे जानकारी लिऔं जसले पूरा बलिउडलाई चकित पारेको थियो ।

 सन् १९८४ मा एउटा फिल्म रिलिज भएको थियो ‘उत्सव’ । निर्देशक गिरिश कर्नाडको यो फिल्मकी मुख्य नायिका थिइन् रेखा र यसलाई निर्माण गरेका थिए शशि कपुरले । यसै फिल्मबाट शेखर सुमनले आफ्नो बलिउड डेब्यू पनि गरेका थिए । शशिले यो फिल्ममा एउटा निकै महत्वपूर्ण भूमिका निभाएका थिए जसलाई उनीअघि अमिताभ बच्चनले निभाउनु पर्दथ्यो तर त्यति न बेला बिग बीलाई ‘कुली’ को सेटमा चोट लाग्यो र उनको साटो शशि कपुरले नै उक्त भूमिका निभाएका थिए ।

फिल्ममा थियो रेखाको बोल्ड सीनः

उत्सवमा यस्ता थुप्रै दृश्य थिए जसलाई त्यतिबेला निकै बोल्ड भनिन्थ्यो । यद्यपि, यति हुँदा हुँदै पनि फिल्म फ्लप भयो । यो त्यहि समय थियो जब रेखा र अमिताभको अफेयरको किस्सा अत्यधिक चर्चित थियो ।

यी व्यक्तिसँग जोडिएको रेखाको नामः

उस्मानको किताबमा लेखिए अनुसार ८० को मध्यमा रेखा आलोचकद्वारा प्रशंसा गरिएको फिल्ममा मात्रै काम गर्दथिन् । त्यसताका उनी आफ्नो नीजि जीवनबारे पनि निकै चर्चामा रहन्थिन् । उनको नामसँग शैलेन्द्र सिंह, कमल हासन, निर्माता राजिव कुमार र सञ्जय दत्तसँग पनि जोडियो ।

सञ्जय दत्तको मद्दत गर्न चाहन्थिन् रेखाः

सन् १९८४ मा एक दिन रेखाले सञ्जय दत्तसँग विवाह गरेको खबर एकाएक आगोसरी फैलियो । वास्तवमा, त्यतिबेला सञ्जय दत्तको फिल्मले खासै केही राम्रो गर्न सकिरहेको थिएन र रेखाले त्यतिबेला साँच्चै नै सञ्जयको मद्दत गर्न चाहन्थिन् ।

रेखा–सञ्जयको फिल्म रिलिजः

जून १९८४ मा नै फिल्म ‘जमिन आसमान’ रिलिज भयो जसमा रेखा र सञ्जय दत्त सँगै देखिए । यी दुईको अफेयरको खबरले फिल्मले थोरै फाइदा पायो । यद्यपि, सञ्जयले पछि आधिकारिक रुपमा नै विवाहको खबर अस्विकार गरेका थिए ।

राज बब्बरसँग रोमान्स, त्यसपछि झगडाः

उस्मानको किताबको एक अंश अनुसार केही समयपछि रेखा र राज बब्बरबीच रोमान्स चलिरहेको भन्ने हेडलाइन सार्वजनिक हुन थाल्यो । यद्यपि, पछि दुईबीच मुम्बईको जुहू बीचमा ठूलो झगडा भएको खबर आउन थाल्यो । यो त्यहि समय थियो जब यी दुई फिल्म संसार (सन् १९८७) मा सँगै काम गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप