मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सैफ अली खान र अमृता सिंहको वर्षौं पुरानो रोमान्टिक भिडियो भाइरल (भिडियो)

बिहीबार, १५ जेठ २०७७, १२ : ५८
बिहीबार, १५ जेठ २०७७

एजेन्सी - सम्बन्धविच्छेदपछि आ–आफ्नो जीवन विताइरहेका बलिउडमा कुनै समय निकै चर्चित जोडीको रुपमा स्थापित सैफ अली खान र अमृता सिंहको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

आफूभन्दा १० वर्ष जेठी अमृताको प्रेममा पागल भएका सैफले अन्ततः अमृतासँग विवाह गरेरै छाडे । एकअर्कासँग निकै मिलनसार र हाँसी खुशी रहेको यो जोडीको वैवाहिक जीवन भने अन्तसम्म चल्न सकेन र १३ वर्षपछि सम्बन्धविच्छेद नै गरे । 

सम्बन्धविच्छेदपछि सैफले करीनासँग विवाह गरे भने अमृता एकल जीवन विताइरहेकी छिन् । 

 

यसैबीच, उनीहरुको एउटा भिडियो सामाजि सञ्जालमा भाइरल भएको छ । भिडियोमा अमृताले गीत गाइरहेकी छिन् र उनले गाएपछि खुशी भएका सैफले उनको गालामा चुम्बन गरेका छन् । 

यो भिडियो सिमी ग्रेवालको टक शोको हो । उनीहरु विवाहपछि उक्त कार्यक्रममा गएका थिए । जुन कार्यक्रममा अमृताले ‘तुम आ गए हो नूर आ गया है...’ बोलको गीत गाएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप