लकडाउनको ६६ दिन पुग्यो, जेठ २० पछि के होला ?
काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउनको आज ६६ दिन पुगेको छ ।
लकडाउनका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधन र पासबाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् ।
मानिसहरुको आवागमन पनि देखिँदैन । संक्रमितको संख्या बढ्दै गएपछि प्रहरीले सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ ।
अत्यावश्यक सेवा र सवारी पास नलिइ सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । उपत्यकाका मुख्य सडक बाहेक भित्री सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ ।
खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री तथा तरकारी किनमेल गर्ने गरेका छन् ।
दुई महिना भन्दा बढी समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर संक्रमणको जोखिम उच्च बन्दै गएका कारण मानिसहरु घर बाहिर निस्किएका छैनन् । गत चैत ११ गते देखि जारी रहेको लकडाउनको समय अवधि जेठ २० गते सम्मका लागि तोकिएको छ । कोरोना संक्रमित बढ्दै गएको तथा थप जोखिम बढेकाले जेठ २० पछि पनि लकडाउन जारी रहनसक्ने सरकारी अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा