मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रणवीरसँग ‘ब्रेकअप’ को बारेमा कैटरीनाको यस्तो खुलासा

बिहीबार, १५ जेठ २०७७, १२ : ०८
बिहीबार, १५ जेठ २०७७

एजेन्सी - बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री कैटरीना कैफबीच केही समय चलेको प्रेम सम्बन्ध ‘जग्गा जासूस’ फिल्मको शुटिङपछि ब्रेकअप भएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

उनीहरुको सम्बन्ध विवाहको रुपमा परिणत हुने समेत चर्चा चलेको थियो भने उनीहरु एउटै घरमा समेत बस्न थालेका थिए । तर अन्ततः सम्बन्धमा पूर्णविराम लाग्यो ।

उनीहरुको सम्बन्ध किन टुट्यो भन्ने विषयमा लामो समयपछि कैटरीनाले खुलासा गरेक िछिन् । 

उनले भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भनेकी छिन्, ‘मलाई लाग्छ कुनै पनि कुराको दुई वटा पाटाहरु हुन्छन्ः सकारात्म र नकारात्मक । म अब आफ्नो विचार र सोचाईको तरिका चिन्न र बुझ्न सक्छु । र म त्यस्तो प्रकारको साथी बनाउन चाहान्न जोसँग निकै धेरै झुकाव महसुस गर्नु परोस् । र चाहिनेभन्दा बढी निर्भर रहनुपर्ने सम्बन्धमा रहन पनि चाहान्न । यो फिल्म उद्योग हो । र यो काम गर्ने ठाउँ हो । कहिलेकाँही व्यक्तिगत जीवन र व्यवसायिक जीवन मेल खान पुग्छ ।’ 

भारतीय सञ्चार माध्यमका अनुसार रणवीर र कैटरीनाले अब कुनै पनि फिल्ममा एक साथ काम गर्ने छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप