केन्द्रीय संस्करण
गणतन्त्र दिवस

राजतन्त्र धराशायी बनाउने आन्दोलन स्वयं बेवारिस !

हामीले समाजवाद टेकेकै छैनौँ, नवउदारवादमा हिँडिरहेका छौँ

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

सामन्ती राजतन्त्रको अन्त्यसँगै गणतन्त्र घोषणा भएको १२ वर्ष पुगेर १३ वर्ष लागेको छ । राजतन्त्रको अन्त्य हुनुलाई सकारात्मक पक्षका रूपमा लिनुपर्छ । तर प्रजातन्त्रलाई बलियो बनाउन चाहिने जुन संस्था वा संरचनाहरु हुन् ती बलियो भइसकेका छैनन् । जसले प्रजातन्त्रलाई संस्थागत गर्दै लैजाने हो, तिनीहरुले जरा गाडिसकेका छैनन् । यति हुँदाहुँदै पनि राजतन्त्रको अन्त्य हुनु भनेको धेरै सकारात्मक र युगीन महत्त्वको कुरा हो, प्रश्न हो ।

आज विभिन्न प्रकृतिका विकृतिहरु देख्दाखेरि कतिपय मानिसहरुमा अतीतको मोह जागेर आउँछ । तर पनि जसले विज्ञानमा विश्वास गर्छ, जसले विवेक, प्रगति र मानवतामा विश्वास गर्छ त्यसका लागि राजतन्त्रको अन्त्य भएर अगाडि जानुलाई सकारात्मक रूपमा लिन्छ । राजतन्त्रलाई जुन आन्दोलनले समाप्त पार्यो त्यही आन्दोलन बेवारिस बन्न गएकाले गर्दा राजतन्त्रसँगै जानुपर्ने कतिपय मूल्य, मान्यता संस्कृति र सोचहरु निर्मूल हुन सकेका छैनन् ।

राजतन्त्रलाई जुन आन्दोलनले धराशायी बनायो, त्यो आन्दोलन स्वयं बेवारिस बन्न पुग्यो, जसले जन्माएका दुर्भाग्यहरु हाम्रा सामु छन् । आन्दोलनलाई अगाडि लैजाने र वास्तविक उत्तराधिकारीहरू नै देखा पर्न सकेनन् । जुन आन्दोलनले स्थापित गरेका नेताहरु थिए, उनीहरु केही व्यवहारवादमा फस्न पुगे ।


गणतन्त्रपछिका सबल र दुर्बल पक्ष

हुन त यस अवधिमा धेरै सकारात्मक कुराहरु नै भएका छन् । उदाहरणका लागि गणतान्त्रिक संविधान जारी भयो । जन्मँदै कोही ठूलो मान्छे हुन्छ र कोही सानो मान्छे भन्ने सामन्ती मान्यतामाथि प्रहार भयो । योग्यता र प्रतियोगिताको भरमा अगाडि जान सकिन्छ भन्ने पुँजीवादी मान्यता अगाडि आयो । केही हदसम्म नेपालमा समावेशी प्रजातन्त्रको सुरुवात भएको छ । उत्पीडित जाति, वर्ग र क्षेत्रका जनताको पनि कहीँ न कहीँ प्रतिनिधित्व हुन थालेको छ । उनीहरुको आवाज पनि सुनिन थालेको छ । यो सबल पक्ष होे । योसँगै राजतन्त्रलाई जुन आन्दोलनले धराशायी बनायो, त्यो आन्दोलन स्वयं बेवारिस बन्न पुग्यो, जसले जन्माएका दुर्भाग्यहरु हाम्रा सामु छन् । आन्दोलनलाई अगाडि लैजाने र वास्तविक उत्तराधिकारीहरू नै देखा पर्न सकेनन् । जुन आन्दोलनले स्थापित गरेका नेताहरु थिए, उनीहरु केही व्यवहारवादमा फस्न पुगे । जस्तो कि आफन्तहरुलाई राम्रो ठाउँमा पुर्याउने, व्यक्तिगत बन्दोबस्त गरिदिने र चुनावको चाँजोपाँजो मिलाउने काममा लागे भने केही कर्णधारहरु यो आन्दोलन नै छोडेर हिँड्न पुगे । जुन आन्दोलनले उनीहरुलाई उचाइ दिएको थियो, त्यसलाई उनीहरुले आन्दोलनको म उत्तराधिकारी हुँ भन्ने सकारात्मक सोच लिँदै र संवर्द्धन गर्दै आन्दोलनले पूरा गर्न नसकेका कामहरु गर्दै जान्छौँ भन्ने नेतृत्व नै हुन सकेन ।

जिम्मेवारी लिने नेतृत्वको अभाव

गणतन्त्रको यात्रामा रहिरहेका बेला भन्नुपर्ने हुन्छ आम मानिसका आकाङ्क्षा असाध्यै साधारण हुन्छन् । साधारण आकाङ्क्षा राख्ने आम मानिसको धेरै ठूला महत्त्वकाङ्क्षा पनि हँुदैनन् । अलि सचेत र सजग हुँ भन्नेहरुमा बढी आकाङ्क्षा हुन्छ । जनतामा उनीहरुले आकाङ्क्षा जगाइदिएका हुन्छन् । अहिले नै सबै आकाङ्क्षा र आशाहरु पूरा हुनुपर्छ भन्ने होइन । तर त्यो आशा र आकाङ्क्षाको पक्षमा काम हुँदैछ, कोही त छन् आशा आकाङ्क्षाको पक्षमा काम गर्ने भन्ने हुनु नै सबैभन्दा ठूलो कुरा हो जनताका लागि । जनता हजारौँ वर्ष सङ्घर्ष गर्न तयार छ, लड्न तयार छ । यति हो कि उसले भरोसा गर्ने नेतृत्व, सिद्धान्त र विचार अगाडि हुनुपर्छ । तर अहिले नेतृत्व सिद्धान्त, विचार र नीतिबाट विचलित बनेको अवस्था छ । आन्दोलनको समयममा भएका जुन फाइदाहरु छन् ती सबै लिने तर त्यस क्रममा हुन गएका खराब र गलत कुराहरुको जिम्मेवारी नलिने कुरा हुनै सक्दैन । गाउँको एउटा सामान्य मानिसबाट एकैपटक देशको चर्चित मान्छे बन्ने, प्रभावशाली मान्छे पनि बन्ने, सबै हैसियत अभिवृद्धि हुने अनि त्यही आन्दोलनमा भएका कमी कमजोरी र पूरा गर्नुपर्ने दायित्वप्रति चाहिँ भागेर हिँड्ने ? यो हुनै सक्दैन । त्यसैले आन्दोलनको सबल र दुर्बल पक्ष दुवैको जिम्मेवारी लिने नेतृत्व र त्यसले बनाउने नीति र विचारको कमी भएकै हो ।

जनता हजारौँ वर्ष सङ्घर्ष गर्न तयार छ, लड्न तयार छ । यति हो कि उसले भरोसा गर्ने नेतृत्व, सिद्धान्त र विचार अगाडि हुनुपर्छ । तर अहिले नेतृत्व सिद्धान्त, विचार र नीतिबाट विचलित बनेको अवस्था छ । आन्दोलनको समयममा भएका जुन फाइदाहरु छन् ती सबै लिने तर त्यस क्रममा हुन गएका खराब र गलत कुराहरुको जिम्मेवारी नलिने कुरा हुनै सक्दैन । गाउँको एउटा सामान्य मानिसबाट एकैपटक देशको चर्चित मान्छे बन्ने, प्रभावशाली मान्छे पनि बन्ने, सबै हैसियत अभिवृद्धि हुने अनि त्यही आन्दोलनमा भएका कमी कमजोरी र पूरा गर्नुपर्ने दायित्वप्रति चाहिँ भागेर हिँड्ने ?


गणतन्त्रपछि मानिसहरुको सामान्य रूपमा मात्रात्मक जीवन शैलीमा परिवर्तन भएकै छैन भन्ने कुरा पनि सत्य होइन । किनभने हामी हिजो जाने गाउँ, हिजो हामी घुम्ने परिवेश र आजको अवस्थामा परिवर्तन भएको छ । तर नेपालमा आवश्यक र टिकाउ खालको जुन अर्थतन्त्रको जग बनाउनु पर्दथ्यो, राजनीतिक सुधार सुरु गर्नुपर्दथ्यो, शिक्षा  र स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउनुपर्ने थियो, त्यो हुन नसकेकै हो ।

कार्यकर्ताले पढ्छ नेताको जीवन

राम्रो वक्ताले राम्रो श्रोता पाउँछ । राम्रो लेखकले राम्रै पाठक पाउँछ । तर राम्रो आचरणले नयाँ संस्कृतिलाई जन्माइदिन्छ । त्यसैले कार्यकर्ताले जुन नेतालाई भेट्न आउँछन्, जान्छन् उनीहरुले नेताले लेखेको कुरा त पढ्छन्, नेताले बोलेको कुरा पनि सुन्छन् तर सँगसँगै नेताको जीवन पनि पढ्छन् । त्यहाँ जब नेताको किताब र नेताको भाषणसँग उसको जीवन मिल्दैन त्यसपछि ती कार्यकर्ता अलमलमा पर्छन् । नेताको किताबलाई पछ्याउने कि ? नेताको भाषणलाई पछ्याउने कि नेताको जीवनलाई पछ्याउने ? स्वभावले नेताको जीवनलाई पछ्याउन थाल्छन् कार्यकर्ताले । व्यावहारिक रूपमा भन्नुपर्दा कोही कार्यकर्ता कुनै नेताको घरमा पुग्छ भने त्यसले त्यहाँ को आएका छन् ? को आउँदा नेताको अनुहारमा खुसी हुन्छ । को आउँदा चाहिँ नेताले झन्झट मानेजस्तो गर्छ, यो नआइदिए पनि हुन्छ भनेजस्तो को आउँदा भाव प्रकट गर्छ ? को आउँदा चाहिँ एकदम उत्साह देखाउँछ ? कस्ताकस्ता मान्छेहरु आउँछन् ? नेताका आफन्तहरुको बोलीचाली र हिँडाइ बोलाइ कस्तो भएको हुन्छ ? उसले पहिला कोसँग तुलना गर्न थाल्छ । सात वर्षअघि के थियो, अहिले के भयो भनेर यो सबै हेरेर जान्छ त्यो कार्यकर्ताले । कार्यकर्ताले जीवन पढ्ने भन्ने कुरा यस्तो हो । अनि नेताको जीवन र भाषणमा विभेद देख्छ । त्यसले आन्दोलनलाई कमजोर तुल्याउँछ ।


मूल रूपमा नेपालमा गणतन्त्रकै मुद्दा बोकेर लडेको पार्टी भनेको कुनै समयमा रामराजप्रसाद सिंहले नेतृत्व गरेको जनवादी मोर्चा र नेकपा माओवादी नै हो । यी दुई पार्टीले सफा रूपमा गणतन्त्रको कुरा गरेका हुन् । अरू पार्टीहरु गणतन्त्रको पक्षमा पछि मात्रै पुगेका हुन् । जनवादी गणतन्त्र भनिसकेपछि स्वाभाविक रूपमा त्यो कसरी कायम हुन्छ ? त्यसका मूल्य, मान्यता र विशेषता हुन्छन् । अहिले हामी देख्छौँ, नेपालमा कम्युनिस्टहरूको शासन छ । कम्युनिस्ट पार्टी सरकारमा हुँदा जिल्ला र सहरहरुमा पुस्तकालय धेरै खुलेका छन् कि जिमखाना ? वा खेलकुद खेल्ने व्यायामशाला कि पूजा गर्ने मन्दिरहरू धेरै खुलेका छन् ?


नेतामा हुनुपर्ने नैतिक बलको अभाव 

हामीले केवल गणतन्त्रका लागि मात्रै लडाइँ लडेका थिएनौँ । जनवादी गणतन्त्र भनेर लडाइँ लडेका थियौँ । जनवादी गणतन्त्र, समाजवादी गणतन्त्र हुँदै साम्यवादमा पुग्छौँ भन्ने लामो लक्ष्य लिएर हिँडेका थियौँ । यहाँसम्म कि नेपाली काँग्रेसको पनि प्रजातान्त्रिक समाजवाद भन्ने नारा चाहिँ थियो । तर मूल रूपमा नेपालमा गणतन्त्रकै मुद्दा बोकेर लडेको पार्टी भनेको कुनै समयमा रामराजप्रसाद सिंहले नेतृत्व गरेको जनवादी मोर्चा र नेकपा माओवादी नै हो । यी दुई पार्टीले सफा रूपमा गणतन्त्रको कुरा गरेका हुन् । अरू पार्टीहरु गणतन्त्रको पक्षमा पछि मात्रै पुगेका हुन् । जनवादी गणतन्त्र भनिसकेपछि स्वाभाविक रूपमा त्यो कसरी कायम हुन्छ ? त्यसका मूल्य, मान्यता र विशेषता हुन्छन् । अहिले हामी देख्छौँ, नेपालमा कम्युनिस्टहरूको शासन छ । कम्युनिस्ट पार्टी सरकारमा हुँदा जिल्ला र सहरहरुमा पुस्तकालय धेरै खुलेका छन् कि जिमखाना ? वा खेलकुद खेल्ने व्यायामशाला कि पूजा गर्ने मन्दिरहरू धेरै खुलेका छन् ? देख्दा त धेरै मन्दिरहरु खुलेको देखिन्छ । यसको अर्थ जनता त झनै डराएछन् । किनभने मानसिक रूपमा दुर्बल भएपछि मानिस बढी अन्धविश्वासी बन्छ । देउता, भूतप्रेत, पिशाच र बोक्सीको कुरा गर्न थाल्ने भनेको मानसिक रूपमा दुर्बल भएपछि नै हो । हामी आएपछि जनता मानसिक रूपमा एकदमै बलियो हुनुपर्ने । विवेकी हुुनुपर्ने, विज्ञान र डाटामा विश्वास गर्नुपर्ने तर विज्ञान र डाटा भन्दा धामीझाँक्री बोक्सी, प्रणामी, वैष्णव, गुम्बा, चर्च बनाउन थाल्छ भने बुझ्नुपर्यो कि शिक्षा र चेतनामा हामीले कुनै परिवर्तन ल्याएकै रहेनछाँै घरले समाजले । किनभने शिक्षा स्कुल वा कलेजमा मात्रै पढाइँदैन । स्कुल कलेजमा जब शिक्षाको सिस्टम र सोच फेरिन्छ, त्यसले समग्र समाजलाई फेर्छ । समाजको सोच पनि फेरिन्छ । ठाउँठाउँमा अहिले कोही कसैले स्कुल खोल्दैछ भने स्कुलको सहायता वा स्कुल बनाउने कुरा पनि गर्छन् । त्योसँगै छेउमा एउटा मन्दिर पनि नबनाइ भएको छैन भन्ने कुरा गर्छन् । भनेपछि हाम्रो शिक्षालयभित्र कस्तो शिक्षा चल्दैछ त ? अन्धविश्वासाई बढवा दिने, मान्छेलाई कायर बनाउने कि शिक्षामा नयाँ प्रणाली सुरु गर्ने ? अवश्य पनि हामीले नयाँ प्रणाली सुरु गर्नुपर्ने थियो, त्यो गर्न सकेनौँ । त्यसैगरी स्वास्थ्यमा नयाँ प्रणाली सुरु गर्नैपर्ने थियो ।

आज कोभिड–१९ को हाहाकार छ । हाम्रो देश कृषि र जडीबुटी प्रशस्त भएको देश । हिमालयका जडीबुटी र हजारौँ जातका जडीबुटी पाइने देशमा हामी आफैले एउटा स्वास्थ्य प्रणाली सुरु गरेको भए सायद हामी संसारलाई पनि केही दिन सक्थ्यौँ कि ? आज यत्रो आतङ्कको अवस्था पनि हुँदैन थियो । हाम्रा मानिसहरु यति धेरै बाहिर जानुपर्ने र बस्नुपर्ने पनि थिएन । हामीले देशलाई त्यसरी सम्पन्न तुल्याउन सकेको भए धेरै बाहिर गए ५० हजारसम्म पढ्नका लागि मानिसहरु बाहिर गएका हुने थिए, अरू नेपालमै हुने थिए ।

जनवादी गणतन्त्रलाई संस्थागत गर्ने र समाजवादतिर जाने भनेको त शिक्षा, स्वास्थ्य र कृषिमा परिवर्तन गरेपछि मात्रै हो । तर शिक्षा, स्वास्थ्य, कृषि उस्तै र पुरानै भएपछि त राजा नभए पनि रजौटाहरु त हुने नै भए । नवसामन्तहरु जन्मिने भए । फेरि कर्मचारीतन्त्र बदलिएर, फेरिएर जनताको आवश्यकता फेरिँदैनन् । तर नेतासँग नैैतिक बल छ भने त्यो फेरिन्छ । यसको सजिलो उदाहरण छ, नैतिक रूपमा असाध्यै बलियो कुनै नेताले देशमा उभिएर काठमाडौँ सफा गर्नुछ । त्यसैले यो बागमतीमा फोहोर नहालिदिनुस्, नफालिदिनुस् भन्ने हो भने बागमती छिट्टै सफा हुन्थ्यो । तर यहाँ त बागमतीमा फोहोर फालेको फाल्यै गर्ने अनि फोटो खिचाउनका लागि सफा गर्न जाने भएपछि बागमती कहिले हुन्छ सफा ? त्यसो गरेपछि त बागमती सफा गर्ने अभियान पनि सधैँ चल्ने बागमती फोहोर पनि सधैँ भइरहने हो, यस्तै भइरहेको छ । भन्ने, बोल्ने र गर्ने कुनै नेतामा त्यस्तो इन्टिग्रिटी र इमानदारिता छ भने त्यो नेता उभिएर बोलेपछि किन कसले मान्दैन ? त्यसकारण नेताले आफ्नो प्राधिकार वा नैतिक बल गुमाए भन्दा अतियुक्ति हुँदैन । कर्मचारीमा पनि त्यही अवस्था छ । घुस नखानुस् भनिएको छ तर कर्मचारी हाँस्छ ।

गणतन्त्र दिवसका बेला भन्नैपर्ने कुरा के हो भने शिक्षा, स्वास्थ्य लगायतका तमाम विषयहरु राज्यले लिनुपर्छ । नेपाल जस्तो देश समाजवादको बाटोमा हिँड्नुपर्छ । समाजवादको बाटोमा हिँड्न नचाहनेहरुले आफू जे हो त्यही भन्ने स्थिति बनाइदिनुपर्छ ।


क्रान्ति निसन्तान हुँदैन । यसले आफ्नो जायज सन्तान प्राप्त गर्छ । यो पिढीले गरेन भने अर्को पिढीले ल्याउँछ । नयाँ पिढी भनेको खाली दारीजुँगा भनेको होइन, नयाँ विचार हो ।

हुन त हामी समाजवादका पनि चर्का भाषण गर्ने गर्छौं तर हामीले समाजवाद टेकेकै छैनौँ । हामी नवउदारवादमा हिँडिरहेका छौँ । यो नवउदारवाद १९७० बाट सुरु भएको हो । यसले विपन्नलाई कङ्गाल बनाइदिने, करोडपतिलाई अर्बपति र अर्बपतिलाई खर्बपति बनाइदिने, सबै रिसोर्सेजहरुलाई बिनास गर्ने बाटोमा छौँ हामी । त्यसकारण गणतन्त्र दिवसका बेला भन्नैपर्ने कुरा के हो भने शिक्षा, स्वास्थ्य लगायतका तमाम विषयहरु राज्यले लिनुपर्छ । नेपाल जस्तो देश समाजवादको बाटोमा हिँड्नुपर्छ । समाजवादको बाटोमा हिँड्न नचाहनेहरुले आफू जे हो त्यही भन्ने स्थिति बनाइदिनुपर्छ । हुन त अहिले सबैले आफूलाई समाजवादी भन्ने गरेका छन् । उनीहरुलाई यस्तो वैचारिक सङ्घर्ष चलाइदिनुपर्छ जसले भनून् कि हामी वास्तममै दलाल पुँजीपतिहरुको समर्थक हौँ ।  त्यो स्थिति ल्याउन वैचारिक र राजनीतिक सङ्घर्ष चलाउनै पर्छ ।

(नेकपाका सांसद तथा नेता कार्कीसँगको कुराकानीमा आधारित ।) 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.