गणतन्त्र दिवस : २ सय ३३ कैदीको सजाय मिनाहा, ८ जनालाई सजाय माफी
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद, दण्ड, सर्वस्वलगायतका सजाय माफी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे जानकारी दिए ।
त्यस्तै, नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासहित २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा