प्रधानमन्त्री ओलीले मनाए १२ औँ गणतन्त्र दिवस, प्रचण्डले मनाए १३ औँ
काठमाडौँ । गणतन्त्र ल्याउनका लागि योगदान र बलिदान दिने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नै गणतन्त्र दिवसमा अन्योलमा देखिएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ औँ गणतन्त्र दिवस मनाएका छन् भने नेकपा नेतृत्व सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औँ गणतन्त्र दिवस मनाएका छन् ।
दुवै जनाले आज विहान दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले १२ औँ गणतन्त्र दिवस भनेका छन् भने अध्यक्ष प्रचण्डले १३ औँ गणतन्त्र दिवस भनेका छन् ।
वास्तवमा १२ वर्ष पुरा गरी १३ वर्ष मा प्रवेश गरेको कारण यो १३ औँ गणतन्त्र दिवस नै हो ।
यसले एक पटक पुनः प्रधानमन्त्री ओलीको सचिवालयमाथि प्रश्न खडा भएको छ । किनभने सचिवालयले नै प्रधानमन्त्रीको सम्बोधन तयार गर्दछ।
यसअघि जनताको नाममा गरेको सम्बोधनमा पनि उनले विभिन्न तथ्यगत त्रुटि गरेका थिए । उनले दिने विभिन्न तथ्याङ्कहरू त्रुटिपूर्ण रहेको कुराहरु पनि बेलाबेलामा आउने गरेको छ । तर, राष्ट्रिय महत्त्वको कुनै कुरामा विवाद भयो भने आफूलाई केही थाह नभएको भन्दै पन्छिने गरेकोले पनि आलोचना हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?