शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुम्बईः होटलमा आगलागी, २५ डाक्टरको उद्धार

बिहीबार, १५ जेठ २०७७, ०९ : २५
बिहीबार, १५ जेठ २०७७

मुम्बईको एक पाँच तले भवनमा आगलागी भएको छ । यहाँबाट २७ व्यक्तिको उद्धार गरिएको छ ।

समाचार एजेन्सी पिटिआईले अधिकारीलाई उद्धृत गर्दै बचाइएका व्यक्तिमध्ये २५ जना डाक्टर भएको जानकारी दिएको छ ।

जुन भवनमा आगलागी भएको छ, त्यो एक होटल हो ।

फायर ब्रिगेडका अधिकारीका अनुसार मेट्रो सिनेमा नजिकैको होटल फर्च्युनमा बुधबार अबेर राती यस्तो दुर्घटना भएको हो ।

आगोमाथि नियन्त्रण पाइसकिएको छ । अधिकारीका अनुसार होटलको पहिलो तलाबाट सुरु भएको आगो तेस्रो तलासम्म फैलिएको थियो ।

विद्युतीय तारमा केही समस्या भएपछि यसबारे आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको अधिकारीले जानकारी दिएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप