गण्डकी प्रदेशमा थप ३ जना संक्रमित भेटिए
बिहीबार, १५ जेठ २०७७, ०७ : ५९
पोखरा । गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
२६ र २२ वर्षका दुई पुरुष र १ जना समेत गरि ३ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । तीनै जनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भई रहेको उनले जानकारी दिए ।
हिजो मात्रै बागलुङमा ६ नयाँ संक्रमित भेटिएका थिए ।