केन्द्रीय संस्करण
सरोकार

पत्रकारको डायरी : ‘सरकार तिमीलाई दुख्दैन हो ?’

गाडामा बिरामी श्रीमती बोकेर ‘डाइलोसिस’ गर्न अस्पतालमा ! (भिडियोसहित)

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

मिति  : जेठ १४ गते बुधबार
समय  : अपरान्ह २ बजेर ३७ मिनेट
स्थान  : सामाखुशी, काठमाडौं ।

आकाश धुम्म नै थियो । टाउकोमा उनीको टोपी, मुखमा कपडाको एउटा मास्क, टिसर्ट, हाफ पाइन्ट (कट्टु) र गोडामा चप्पल लगाएका एक व्यक्ति सामाखुशीबाट गल्कोपाखातर्फ आफ्नो ठेला धकेल्दै अगाडि बढ्दै थिए ।

समाचार संकलनकै क्रममा मनमैजुबाट कार्यालय अर्थात् पुल्चोक फर्कँदै गर्दा अपरान्ह २ बजेर ३७ मिनेटमा देखिएको यो दृश्य अरु ठेलागाडाको जस्तो सामान्य दृश्य थिएन ।


ती व्यक्तिले अरु ठेलागाडामा जस्तो तरकारी बोकेर बेच्न हिँडेका थिएनन् । उनको गाडामा एक बिरामी महिला थिइन्, जो गाडामा सुतेकी थिइन् । उनी ती गाडा ठेलिरहेका व्यक्तिका श्रीमती थिइन् । अनि ती पुरुष आफ्नी बिरामी जीवनसंगीनीलाई उपचारका लागि अस्पतालतर्फ लग्दै थिए ।


ती व्यक्तिले अरु ठेलागाडामा जस्तो तरकारी बोकेर बेच्न हिँडेका थिएनन् । उनको गाडामा एक बिरामी महिला थिइन्, जो गाडामा सुतेकी थिइन् । उनी ती गाडा ठेलिरहेका व्यक्तिका श्रीमती थिइन् । अनि ती पुरुष आफ्नी बिरामी जीवनसंगीनीलाई उपचारका लागि अस्पतालतर्फ लग्दै थिए ।

सामाखुशीबाट अगाडि बढ्दै गर्दा यस्तो दृश्य देखिएपछि म रोकिएँ । पहिलोपटक यो दृश्य अलिक नजिकबाट नियाले । ठेलागाडामा भएकी महिला बिरामी भएको बुझ्न गाह्रो भएन । त्यसपछि मोटरसाइकल रोकेर ‘ब्याकप्याक’बाट क्यामेरा निकालें । तर ती पुरुष यति हतारमा थिए कि उनले गाडा दौडाए र मैले त्यो दृश्य खिच्न नै भ्याइनँ ।

त्यसपछि म उनीभन्दा पनि अगाडि गएर एकदमै थोरै भिडियो खिँचे । मैले भिडियो खिचे पनि उनी रोकिएनन् र बिरामी श्रीमतीलाई राखेको ठेलागाडा अझै दौडाए । गल्कोपाखाको उकालोमा ठेला धकेल्न उनलाई गाह्रो परेको थियो । निधारमा पसिना पनि राम्रैसँग देखिन्थ्यो ।

मैले पनि त्यही उकालोमा उनलाई सोधे, ‘उहाँलाई के भएको हो, अहिले कहाँ लैजाँदै हुनुहुन्छ ?’

‘डाइलोसन गर्न लैजान लागेको आज पालो छ ।’ डाइलोसन शब्दले एकछिन म पनि झुक्किएँ । तर पनि मलाई बुझ्न गाह्रो भएन । उनले डाइलोसिस भन्न खोजेका थिए ।

कहाँ लैजाँदै हुनुहुन्छ ? मेरो प्रश्नमा उनले हठात्मै जवाफ दिए– ‘वीर अस्पताल । अस्ति आइतबार गराएको, अब आज पालो छ !’

मैले एकैछिन रोकेर उनीसँग कुरा गर्न खोजेँ । तर उनी हतारमा थिए । आकाश कालो भएर आइसकेको थियो । ‘पानी पर्न लागिसक्यो । मलाई हतार छ । अहिले कुरा गर्न सक्दिनँ ।’ यति भनेर उनी फेरि गल्कोपाखाको उकालोमा ठेला धकेल्न थाले ।

सामाखुशीबाट गल्कोपाखा आउने उकालो बाटो एकतर्फी बाटो हो । उनी त्यही एकतर्फी बाटोबाटै गल्कोपाखा चोकतफ अगाडि बढे ।

पत्रकारको हैसियतमा यो मानवीय संवेदनाको दारुण दृश्यलाई प्रतिविम्बन गर्ने ठूलो घटना हो भन्ने लाग्यो मलाई । मभित्रको पत्रकारले यसबारेमा आम जनतालाई अवगत गराउनै पर्छ भन्ने चेत दियो । वास्तवमा, यतिखेर देशभर लकडाउन छ । सार्वजनिक यातायात चलेका छैनन् । एकाध चलेका ट्याक्सी र एम्बुलेन्सले अचाक्ली पैसा असुल्छन् ।

तर पहिरन हेरेरै अनुमान लगाउन सकिन्छ कि एम्बुलेन्समा लैजाने उनको हैसियत छैन र होइन ।

त्यसपछि म पनि यी दुई पात्रलाई फलो गर्ने निर्णयमा पुगें र ट्राफिक नियमको अवज्ञा गर्दै त्यही एकतर्फी बाटोमा आफ्नो मोटरसाइकल अगाडि बढाएँ ।

गल्कोपाखा चोकमा मलाई प्रहरीले समात्छन् कि भन्ने डर पनि थियो । मेरो जीवनकालमा म जम्मा ३ पटक ट्राफिक कारवाहीमा परेको छु । पहिलोपटक अगाडिको कारले झ्याप्प ब्रेक लगाउँदा मैले उक्त कारमा आफ्नो मोटरसाइकल ठोक्काएको छु ।

दोस्रोपटक कमलादीबाट पुतलीसडक हुँदै शंकरदेव क्याम्पस प्रवेश गर्दा टर्न निषेध गरिएको स्थानबाट मोटरसाइकल मोड्दा कारवाहीमा परेको छु । त्यहाँ कमलादीबाट आउँदा मोड्न निषेध गरिएको संकेत पनि थिएन । अहिले भने त्यहाँ डोरी टाँगिएको जस्तो लाग्छ ।

र, तेस्रो । मेरै कार्यालयको वार्षिकोत्सवमा हल्का पिउँदा मापसेमा परेर जरिवाना तिर्दै कक्षा लिएको छु । त्यसबाहेक मेरो हालसम्मको अवधिमा अन्य कुनै कारवाहीमा परेको छैन । तर मैले समाचारको पात्रका लागि जानीजानी यो गल्ती गर्ने दुस्साहस गरेको थिएँ ।

त्यसपछि मैले अमृत साइन्स क्याम्पस अगाडि पुगेर मोटरसाइकल रोकेँ र उनको भिडियो लिएँ । तर म फोटो वा भिडियोग्राफर कम, समाचार निर्माता अलि बढी हो । त्यसकारण फोटो वा भिडियोको गुणस्तरमा भन्दा पनि मैले कन्टेन्टमा बढी ध्यान दिएँ र उनलाई फलो गर्दै अगाडि बढेँ । मैले घुम्तीहरुमा उनलाई पछ्याउने कोशिश गरिरहेँ ।

उनी लैनचौर हुँदै केशरमहल आइपुगे । त्यहाँ उनको फोटो र भिडियो खिच्ने केही मानिसहरु थिए र उनी केही समय त्यहीँ रोकिए । कुनै यात्रुले उनलाई केही पैसा पनि दिए । त्यसपछि फेरि तीब्र गतिमा उनको गाडी (ठेलागाडा) अगाडि बढ्यो ।

मैले उनलाई कुन बाटो जानुहुन्छ भनेर सोधेँ । उनले जमलबाट सिधै जाने भनेपछि म पनि तीब्र गतिमा जमलबाट त्रिचन्द्र क्याम्पस हुँदै शहीदगेट निस्केर वीर अस्पताल आइपुगेँ ।

म वीर अस्पताल आइपुग्दा २ बजेर ५६ मिनेट भएको थियो । त्यही बेला ठूलो पानी पर्यो । मलाई ती व्यक्ति र बिरामीको चिन्ता भयो । मसँग मोटरसाइकलमा रेनकोट भएपनि छाता भने थिएन । वीर अस्पतालकै सेक्युरिटी इञ्चार्ज राजारामसँग छाता मागेपनि उनीसँग पनि छाता रहेनछ । त्यसपछि क्यामेराको माथि रुमाल राखेर जमलतर्फ बढेँ ।

पानीको मात्रा झनै ठूलो भएपछि म अगाडि बढ्न सक्ने अवस्था रहेन । ती व्यक्ति भोटाहिटीको पुलमुनि आइपुगेको देखेँ । मेरो क्यामेराको लेन्सले धानेजति जुम गरेर उनको तस्वीर लिएँ । उनी आफ्नी बिरामी श्रीमतीलाई अस्पतालसम्म ल्याइपुराउन ठेलामै भएको त्रिपाल झिक्दै थिए ।


तर पानीको मात्रा झनै ठूलो भएपछि म अगाडि बढ्न सक्ने अवस्था रहेन । ती व्यक्ति भोटाहिटीको पुलमुनि आइपुगेको देखेँ । मेरो क्यामेराको लेन्सले धानेजति जुम गरेर उनको तस्वीर लिएँ । उनी आफ्नी बिरामी श्रीमतीलाई अस्पतालसम्म ल्याइपुराउन ठेलामै भएको त्रिपाल झिक्दै थिए । त्यहीँबाट उनले त्रिपाल झिकेर श्रीमतीसहित पूरै ठेलागाडालाई ढाके । अनि आफूले पनि रेनकोट निकालेर लगाए । यतिबेला ३ बजेर १० मिनेट गइसकेको थियो । त्यसपछि उनी सरासर वीर अस्पतालतर्फ आए ।

मैले उनलाई अस्पतालसम्म फलो गर्ने कोशिश गरेपनि पानीको कारण त्यो सम्भव भएन । म उनलाई कुर्दै थिएँ । अस्पतालकै अर्का कर्मचारीसँग छाता भए एकछिन दिनुस् न भोटाहिटीको पुलमुनी यस्तो बिरामी यस्तो अवस्थामा छन् भन्दा त्यहीँ कार्यरत एक नर्स (सम्भवतः)ले उनी डाइलोसिस गर्ने स्थानमा पुगिसकेको जानकारी दिइन् । उनी ट्रमा सेन्टरपट्टिको बाटो भएर डाइलोसिस गर्ने नयाँ बिल्डिङमा पुगिसकेका रहेछन् ।

एकछिन यताउती हेरेँ । तर मैले उनलाई देखिनँ । त्यसपछि ती महिलाको नजिक गएर बोलाएँ । उनले आफू आँखा पनि नदेख्ने बताइन् । उनले आँखा देख्न छाडेको पनि करिब ३ महिना भएको रहेछ । ‘तपाईँलाई यहाँ ल्याउने तपाइँको श्रीमान हो ?’ भनेर सोधेँ । उनले ‘हो’ भनिन् ।


तर म त्यहाँ पुग्दा ती पुरुष भने भेटिएनन् । गाडा त्यहीँ थियो र ती महिला पनि गाडामै सुतिरहेकी थिइन् ।

एकछिन यताउती हेरेँ । तर मैले उनलाई देखिनँ । त्यसपछि ती महिलाको नजिक गएर बोलाएँ । उनले आफू आँखा पनि नदेख्ने बताइन् । उनले आँखा देख्न छाडेको पनि करिब ३ महिना भएको रहेछ । ‘तपाईंलाई यहाँ ल्याउने तपाइँको श्रीमान हो ?’ भनेर सोधेँ । उनले ‘हो’ भनिन् ।

बिरामी मान्छेसँग धेरै कुरा गर्नु मलाई ठीक लागेन । केही समय मैले ती पुरुषलाई कुरेँ ।

केही समयपछि हातमा ओपिडीको टिकट र डाइलोसिस गर्न काटेको बिल लिएर ती पुरुष आइपुगे । डाइलोसिसको शुल्क २ हजार ५ सय लेखिएको थियो । धन्न उनले विपन्न नागरिकको कार्ड बनाइसकेका रहेछन् र त्यो पैसा उनले तिर्नु पर्दैन रहेछ । उनी अब आफ्नो पालो पर्खन थाले ।

कुराकानीको सुरुमै मैले सोधेँ, ‘यस्तो बिरामीलाई किन यसरी गाडामा ल्याउनुभएको ?’

‘बाध्यता हजुर बाध्यता । अरु केही उपाय नभएर । एम्बुलेन्समा ल्याउन पैसा छैन । नत्र कसरी ल्याउने त ? हप्तामा दुईपटक ‘डाइलोसिस’ गर्नुपर्छ । एकपटककै पन्ध्र सय भन्छ । हामीले कसरी तिर्ने ?’ उनले जवाफ दिए ।


उनलाई बल्ल केही समय निस्किएको थियो । त्यसपछि मैले केही कुरा गर्न सकिन्छ भन्दै आफ्नो परिचय दिएँ । उनले हुन्छ भनेपछि कुराकानी सुरु भयो ।

८ वर्षदेखिको बिरामी, एक वर्ष पहिलेमात्रै रोग पत्ता लाग्यो

ती पुरुष अर्थात् डम्बरबहादुर सिम्खडाको घर धादिङको गंगाजमुना गाउँपालिका पर्दो रहेछ । उनी आफ्नी ४२ वर्षीय श्रीमतीको उपचारका लागि काठमाडौंमै बसिरहेका छन् ।

कुराकानीको सुरुमै मैले सोधेँ, ‘यस्तो बिरामीलाई किन यसरी गाडामा ल्याउनुभएको ?’

‘बाध्यता हजुर बाध्यता । अरु केही उपाय नभएर । एम्बुलेन्समा ल्याउन पैसा छैन । नत्र कसरी ल्याउने त ? हप्तामा दुईपटक डाइलोसिस गर्नुपर्छ । एकपटककै पन्ध्र सय भन्छ । हामीले कसरी तिर्ने ?’ उनले जवाफ दिए ।

‘अब त असार लाग्न लागिसक्यो । यसरी ल्याउन त समस्या हुन्छ नि’ भन्ने मेरो प्रश्नमा फेरि पनि ‘बाध्यता भएको’ र ‘विकल्प नभएको’ बताए ।

‘कहिलेदेखि बिरामी हुनुभयो ? कहिलेदेखि उपचार गराइरहनु भएको छ ?’ भन्ने प्रश्नमा उनले यसरी बेलिबिस्तार लगाए –

‘बिरामी हुन थालेको ८ वर्ष भइसक्यो । तर रोग पत्ता लागेको एक वर्ष मात्रै भयो । यही अस्पताल (वीर) मै रोग पत्ता लागेको हो । दुबै किड्नी फेल भएको रहेछ । त्यही भएर डाइलोसिस गराउन थालेको  । अहिले त आँखा पनि देख्न छाडिन् । परिवार हो माया लाग्छ । उपचार गराउन परिहाल्यो । त्यही भएर यही गाडामा भएपनि ल्याएकै छु र उपचार गराइरहेको छु ।’

‘बिरामी हुन थालेको ८ वर्ष भइसक्यो । तर रोग पत्ता लागेको एक वर्ष मात्रै भयो । यही अस्पताल (वीर) मै रोग पत्ता लागेको हो । दुबै किड्नी फेल भएको रहेछ । त्यही भएर डाइलोसिस गराउन थालेको  । अहिले त आँखा पनि देख्न छाडिन् । परिवार हो माया लाग्छ । उपचार गराउन परिहाल्यो । त्यही भएर यही गाडामा भएपनि ल्याएकै छु र उपचार गराइरहेको छु ।’


कतार छाडेर श्रीमतीको उपचारमा

डम्बर बहदुर सिम्खडा खासमा कतारमा थिए । वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी परिवारका सदस्यको स्वास्थ्य संकट बढेपछि फर्केका थिए । उनी भन्छन्, ‘ठूलो भनेको त परिवार नै रहेछ । त्यसकारण म फर्किएँ ।’

उनी कतारबाट फर्केपछि नियमितरुपमा श्रीमतीकै उपचारमा संलग्न छन् । डम्बरकी श्रीमती सीता सिम्खडालाई यतिबेला प्रेसर र सुगरले पनि च्यापेको छ । प्रेसर र सुगरकै कारण उनले ३ महिनाअघि आँखाको ज्योति पनि गुमाइन् । अहिले उनको पेटमा पानी भरिएको छ । तैपनि आफ्नी जीवनसंगीनीको ज्यान बचाउन डम्बरले हरसम्भव प्रयास गरिरहेका छन् ।

एउटा छोरोको मृत्यु, अर्को अपाङ्ग

डम्बरको परिवारमा दुईवटा छोराहरु थिए । तर दुबै छोरा अपाङ्ग । दुबै छोरा सुस्त मनस्थितिका थिए । सुस्त मनस्थितिको भएपनि जेठो छोरा केही चलाख थियो । उनले धादिङको मुरलीभञ्ज्याङमा जेठो छोरालाई पढाउन राखेका थिए । तर उनी कतार रहेकै अवस्थामा जेठो छोराको मृत्यु भयो । अहिले कान्छो छोरालाई पनि नारायणगढमा राखेर पढाउँदै छन् । कुनै संस्थाले त्यहाँ उनको कान्छो छोरालाई पढाइरहेको छ । उनी भने कहिलेकाहीँ कालीमाटीबाट तरकारी किनेर ल्याउँछन् र गाडामा राखेर बेच्दै हिँड्छन् । काम गर्न नपाएको बेलामा अरुले दिएको सहयोगले नै दुई छाक खान्छन् । नपाए कहिलेकाहीँ भोकै पनि सुतिदिन्छन् ।


उनी कतार रहेकै अवस्थामा जेठो छोराको मृत्यु भयो । अहिले कान्छो छोरालाई पनि नारायणगढमा राखेर पढाउँदै छन् । कुनै संस्थाले त्यहाँ उनको कान्छो छोरालाई पढाइरहेको छ । उनी भने कहिलेकाहीँ कालीमाटीबाट तरकारी किनेर ल्याउँछन् र गाडामा राखेर बेच्दै हिँड्छन् । काम गर्न नपाएको बेलामा अरुले दिएको सहयोगले नै दुई छाक खान्छन् । नपाए कहिलेकाहीँ भोकै पनि सुतिदिन्छन् ।


डम्बर डाइलोसिसका लागि पर्खाइमा थिए । उनमा छटपटी र हतार दुबै देखिन्थ्यो । निस्कने बेलामा मैले आफ्नो पर्स हेरेँ । खासै पैसा थिएन । पर्समा १ सय २० रुपैयाँ आफूलाई राखेर बाँकी केही रकम उनको हातमा दिएँ । निस्कनै लाग्दा उनले फोन नम्बर दिए – ९८१७१४३८५२ । अनि भनेँ, ‘कसैले सहयोग गर्छु भनेमा यो नम्बर दिनु है ।’ उनी डाइलोसिस सेन्टरतर्फ गए, म कार्यालयतर्फ ।

बाटोमा फर्कँदै जाँदा र कार्यालय पुगिसकेपछि पनि धेरै बेर मेरो मनमा केही समयअघि प्रधानमन्त्री केपी ओली शर्माले लेखेको कविताका निम्न हरफ गुन्जिरह्यो– 

सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।

र, साथसाथै मेरो मनमा हठात् एउटा कठोर प्रश्न पनि उठिरह्यो– सरकार ! यही देशका एक निमुखा गरिबले आफ्नी जीवनसंगीनीलाई उपचारका लागि त्यत्रो जद्दोजहद गरेर अस्पताल लैजानु परिरहेको दृश्य देख्दा पनि तिमीलाई दुख्दैन हो ?

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.