शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ दिनदेखि भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

बिहीबार, १५ जेठ २०७७, ०७ : २३
बिहीबार, १५ जेठ २०७७

बैतडी – सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् । 

कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । 

ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । 

बजारमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन् । 

उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँसिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप