४४ वर्षको लडाईंमा जति अमेरिकी मारिए, कोरोनाले तीन महिनाभित्रै लियो ज्यान
– कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाईँमा जति अमेरिकीको ज्यान गयो लगभग त्यति नै संख्यामा तीन महिनाभित्र कोरोनाका कारण अमेरिकीको ज्यान गएको छ । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरलाई चिनियाँ भाइरस पनि भन्छन् । कोरोना भाइरसले संसारकै सुपर पावर देशलाई सर्वाधिक प्रभावित पारेको छ ।
– अमेरिकापछि बेलायतमा सर्वाधिक मृत्यु भएको छ । तर बेलायतको कूल ३७ हजार मृत्युभन्दा अमेरिकाको मृत्युदर लगभग तीन गुणा बढी छ । वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एक लाख २ हजार पार भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिले पनि रोकिने छाँटकाँटमा छैन । राष्ट्रपति ट्रम्पले समय रहँदा नै स्थिती नसम्हालेका कारण अत्यधिक मृत्यु भइरहेको आरोप लगाइन्छ ।
– विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले एउटा फाउन्डेशन बनाएको छ जसले फन्डिङको नयाँ स्रोत खोज्नेछ । यसमा सर्वसाधारणको आर्थिक मद्दत पनि लिन सकिनेछ । डब्ल्यूएचओ फाउन्डेशन जेनेभामा रहनेछ तर यो मुख्य संगठनबाट स्वतन्त्र हुनेछ । सुरुवातमा कुनै पनि आर्थिक मद्दतलाई महामारीमा प्रयोग गरिनेछ र पछि अन्य स्वास्थ्य समस्यातर्फ ध्यान दिइनेछ ।
– डब्ल्यूएचओका प्रमुख टेड्रोल एडनहम ग्याब्रियासिसले भविष्यको सफलताका लागि दानकर्ताको दायरा बढाउन आवश्यक भएको बताएका छन् । डब्ल्यूएचओले फन्ड सदस्य देशबाट पाउँछ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डब्ल्यूएचओको फन्डलाई बन्द गर्ने धम्की दिइरहेका छन् र यसपछि नै नयाँ फाउन्डेश सार्वजनिक भएको हो । ट्रम्प डब्ल्यूएचओसँग रिसाएका छन् । डब्ल्यूएचओले महामारीको सुरुवातमा नै यसलाई राम्रोसँग ह्यान्डल नगरेको ट्रम्पको आरोप छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !