बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट अर्का पूर्व गोर्खा सैनिकको मृत्यु

बिहीबार, १५ जेठ २०७७, ०६ : ३८
बिहीबार, १५ जेठ २०७७

लन्डन – कोरोना भाइरस (कोभिड १९) का कारण बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । 

बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय जितेन्द्र राईको मंगलबार निधन भएको हो । हाल बेलायतको ग्रेजमा बस्दै आएका मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा–३ भएपनि पछिल्लो समय उनी उदयपुरमा बस्दै आएका थिए । 

बिगतमा यूके बसेर नेपाल फर्किएका राई गत डिसेम्बरमा मात्र बेलायत आएका थिए । उनका तीन छोरा बेलायतमा छन् भने श्रीमती नेपालमै छिन् । 

तीन हप्ता घरमै आइसोलेसनमा बसेका राईलाई ठिक नभएपछि एसेक्सको बासिल्डन अस्पतालमा भर्ना गरिएको थियो । करिब एक महिना लामो समयसम्म अस्पतालमा उपचारका गर्दागर्दै  उनको कोरोनाका कारण मृत्यु भएको हो । 

हालसम्म बेलायतमामात्र साँढे पाँच दर्जन नेपालीहरुको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ । जसमध्य साँढे चार दर्जन पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले गत शनिबार साँझसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या १ सय १७ पुगेको तथ्यांक सार्वजनिक गरेको थियो । 

नेपाललाई समेत समावेस गरिएको उक्त तथ्याँक अहिले वृद्धि भएर १ सय २० भन्दा बढी पुगिसकेको छ ।

विश्वभरमा ३ लाख ५६ हजार भन्दा धेरैको कोरोनाका कारण ज्यान गइसकेको छ भने बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३७ हजार ४ सय ६० जानाले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप