नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् ।
सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा. नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हँुदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ ।
“त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उनले थपे, “महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सहकारीलाई एकै डालोमा हालेर तुलना गर्न मिल्दैन : टीकाराम पोख्रेल
-
नेपाली सेनामा भर्ना खुल्यो, ८ पास गरेकाले आवेदन दिन सक्ने (सूचनासहित)
-
शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
-
गण्डकीको विकासमा समस्या: समितिले निर्णय गर्छ, कार्यान्वयन कसले गर्छ ?
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै