अफगानिस्तानमा २४ घन्टामा ६२५ कोरोना संक्रमित थपिए
बुधबार, १४ जेठ २०७७, २३ : ०३

एजेन्सी । अफगानिस्तानमा गएको २४ घन्टायता ६२५ जना कोरोना संक्रमित थपिएका बताइएको छ । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । यो समेत गरी बुधबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १२ हजार ४५६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । उक्त मन्त्रालयले गएको २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि सात जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २२७ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।
यहाँ कारोनाका संक्रमितमध्ये १ हजार १३८ जना निको भएर फर्किएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका विरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । –सिन्ह्वा/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन
-
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ : सभापति बानियाँ
-
वीरगञ्जमा कर्फ्यु आदेश जारी