कोरोनाले दिएको हन्डरः भारतबाट १४ दिन हिँडेर काठमाडौं, डेरामा छिर्न नदिएपछि ‘बसभित्र क्वारेन्टाइन’

काठमाडौं । भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन जारी भएपछि उनीहरुको काम बन्द भयो । दुबै जनाको परिवार काठमाडौंको स्वयम्भुमा डेरा गरी बस्थे । लकडाउनका कारण यातायात बन्द भयो । उनीहरुले हिँडेरै नेपाल जाने अठोट गरे ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु भारतको हापुर भन्ने स्थानमा पैदल हिँड्न थालेका थिए । सुनौली नाकाबाट उनीहरु नेपाल प्रवेश गरेका थिए । कलिलो उमेरमै रहेका १९ वर्षका चित्रबहादुर बुढाथोकी र २२ वर्षकी सीमा मगर १४ दिन कहिले पैदल कहिले गाडी लिफ्ट माग्दै २ दिनअघि काठमाडौं आइपुगेका थिए ।
काठमाडौं टेकेपछि घरै आएको अनुभूत गरेका उनीहरुले जब आफ्ना आफन्त बस्ने स्वयम्भुस्थित डेरा भएको टोलमा पुगे, उनीहरुले अमानवीय व्यवहार भोग्नुपर्यो । त्यहाँका टोलबासी तथा घरबेटीले उनीहरुलाई आफ्नो परिवार भएको डेरामा त कुरै छाडौं टोलमा पनि प्रवेश दिएनन् ।
नेपाल भारत सीमानामा पनि उनीहरु १४ दिन क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ उनीहरुको आरडिटी विधिबाट गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरु नेपाल प्रवेश गरेका थिए । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भुका वडाका प्रतिनिधि पनि टोलबासीले भारतबाट दुई जना आफ्नो टोलमा आएको खबर गरेपछि हेर्न गए ।
चित्रबहादुर र सीमाले वडा कार्यालयका प्रतिनिधिलाई आफ्नो खाने बस्ने ठाउँ नभएकोले क्वारेन्टाइनको व्यवस्था गरिदिन गुनासो गरे । तर उनीहरुले तपाईहरु आफै सेल्फ क्वारेन्टाइनमा बस्नुस् हामी ब्यवस्था गर्न सक्दैनौँ भनेर गए । डेरामा बस्ने उनीहरुको परिवार पनि आर्थिक अभावमा छन् । चित्रकुमारकी दिदी निर्माणस्थलमा बालुवा चाल्ने काम गर्थिन् । तर लकडाउनपछि उनको ज्यालादारी काम पनि बन्द भएको छ । भोकै परेका उनीहरुलाई बुधबार राती स्वयम्भुका रेष्टुरेन्ट सञ्चालक कुमार श्रेष्ठले खाना खुवाएका थिए । उनीहरु अहिले सडकमा रोकिरहेको यात्रुबाहक बसमा रात काटिरहेका छन् ।
बसमा चिसो रात काट्न कठिन भएपछि उनीहरुलाई अहिले ब्ल्याङ्केट दिइएको स्वयम्भु मिलनचोकका स्थानीय पुरुषोत्तम अर्यालले रातोपाटीलाई जानकारी दिए । अप्ठेरो अवस्थामा रहेका उनीहरुलाई नगरपालिकाको कार्यालयले कुनै सहयोग नगरी अमानवीयता प्रर्दशन गरेको उनले बताए ।
चित्रबहादुर र सिमाले बुधबार दिउसो टेकु अस्पतालमा गएर पिसिआर रिपोर्टका लागि स्वाव पनि दिएर आएका छन् । बुधबार दिँउसो काठमाडौंमा भीषण असिना पानी प¥यो । यतिबेला बसभित्र बसेर उनीहरु चिसो रात काटिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा
-
बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महिनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला ?
-
मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन
-
निलम्बित न्यायाधीश गिरीलाई सफाइ दिन अदालतले लिएका ५ आधार
-
अशोक शर्माको ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन
-
लगातार ५ खेल हारेको चेन्नई लखनउविरुद्ध पुनरागमन गर्ने आशमा