शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम हत्याकाण्ड कुनै पनि हालतमा सैह्य हुँदैन : प्रकाण्ड

बुधबार, १४ जेठ २०७७, २० : ०७
बुधबार, १४ जेठ २०७७


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


पार्टी प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्जातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य व्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताए ।

विज्ञप्तिमा भनिएको छ, मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भत्र्सना गर्दछ ।
नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवता विरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।


नेपाली जनयुद्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको र विवाहसम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख  गरिएको छ ।

साथै चौरजहारी घटना दलाल पुँजीपति वर्गको कथित संसदीय व्यवस्थाभित्र लुकेको सामन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संस्कृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको भन्दै सवै वर्ग, क्षेत्र र समुदायको लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प नरहेको प्रकाण्डको भनाइ छ ।

घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसिस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी दिंदै प्रकाण्डले उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप