शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिकल एसोसिएसनलाई स्वस्तिश्रीको सहयोग

बुधबार, १४ जेठ २०७७, १९ : २८
बुधबार, १४ जेठ २०७७

 काठमाडौंको सानोभर्‍याङमा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले नेपाल मेडिकल एसोसिएसनलाई एक सय थान ज्याकेट निःशुल्क हस्तान्तरण गरेको छ ।

नोबेल कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहज होस् भन्नका लागि ज्याकेट उपलब्ध गराइएको स्वस्तिश्री गुरुकुल स्कुलले जनाएको छ । 
एका कार्यक्रममा स्वस्तिश्री गुरुकुल स्कूलका डा.लुःज मानन्धरले एशोसियसनका महासचिव डाक्टर बद्री रिजाललाई ज्याकेट हस्तान्तरण गरेका थिए । मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केहि टेवा पुग्ने डा.लुःज मानन्धरले बताए । 

यस्तै एशोसिएसनका महासचिव डाक्टर रिजालले अहिलेको विषम परिस्थितिमा ज्याकेटले चिकित्सकहरुलाई अस्पताल आउजाउ र सबैले पहिचानमा सहज हुने बताए । कार्यक्रममा डाक्टर प्रदिप कोइराला, डाक्टर विकास केसी, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत नेपाल मेडिकल एशोसिएसनका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप