शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हटाइकोप्रति काँग्रेसको आपत्ति

बुधबार, १४ जेठ २०७७, १९ : २४
बुधबार, १४ जेठ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गरी उक्त प्रस्ताव हटाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनका अनुसार प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले जेठ १३ र १५ गतेको प्रतिनिधिसभा बैठकका लागि कार्यक्रम निर्धारण गरिएको थियो । बुधबार (१४ गते) को कार्यक्रम कार्य व्यवस्था परामर्श समितिले निर्धारण नगरेको खाँणको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, 'संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्षी र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्ने स्थिति निर्माण गर्न तर्फ लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्षी दललाई त्यसबारे आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीर रुपमा लिएका छौँ ।'

काँग्रेस संसदीय दलले त्यस्तो कार्यको निन्दा गर्दै गम्भीर राष्ट्रिय एकताको भावनाका साथ कार्य गर्न आग्रह गरेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप