४८ करोडमा खोलिन् कंगनाले अफिस
मुम्बई । अभिनयको माध्यमबाट सबैको मन जित्न सफल अभिनेत्री कंगना रनौतले आफ्नो प्रोडक्स हाउस खोलेकी छन् ।
उनले हालै मुम्बईको पाली हिलमा एक प्रोडक्सन अफिस खोलेकी हुन् । जसबाट उनले फिल्म समेत निर्माण गर्ने भएकी छन् ।
प्रोडक्स हाउस उनले अफिस कम र स्टुडियो बढी बनाएकी छन् । भर्सटाइल अभिनेत्रीको रुपमा परिचित कंगनाले आफ्नो निर्देशन र लेखनमा पनि क्षमता रहेको केही पहिले प्रमाणित गरिसकेकी छन् ।
कंगनाले नयाँ प्रोडक्सन हाउसको केही तस्बिर सामाजिक संजाल मार्फत शेयर समेत गरेकी छन् । प्रोडक्सन हाउसको नाम मणिकर्णिका फिल्मस् राखिएको छ ।
कंगना अभिनित फिल्म मणिकर्णिकाः द क्वीन अफ झांसी २०१९ मा रिलिज भएको थियो । उनले यो फिल्मबाट प्रेरित भएर अफिसको नाम राखेकी हुन् । कंगनाको यो अफिस सेलिब्रेटी डिजाइनर शबनम गुप्ताले तयार पारेकी हुन् । करिब ४८ करोड भारु खर्च भएको अफिसको साउन्ड इको फ्रेन्डलीका साथसाथै प्लास्टिक फ्री समेत बनाइएको छ । अफिस युरोपियन लुक्समा बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन