शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पश्चिम नवलपरासीमा १७६ जनाको स्वाब संकलन

बुधबार, १४ जेठ २०७७, १८ : ४५
बुधबार, १४ जेठ २०७७

परासी । पश्चिम नवलपरासीमा आज १७६ जनाको थ्रोट स्वाब नमुना संकलन भएको छ । पीसीआर विधिबाट कोरोना परीक्षणका लागि जिल्लाको ५ स्थानीय तहबाट कुल १ सय ७६ जनाको स्वाब नुमना संकलन भएको छ भने १६ जनाको आरडीटी परीक्षण पनि गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रामग्राम नगरपालिकामा ३६, सुनवल नगरपालिकामा ३४, बर्दघाट नगरपालिकामा १९, सरावल गाउँपालिकामा ३८, प्रतापपुर गाउँपालिकामा ४९ जना गरि कुल १सय ७६ जनाको स्वाब संकलन भएको छ भने बर्दघाट नगरपालिकामै थप १६ जनाको आरडीटी परीक्षण पनि गरिएको जनाएको छ ।
 जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी कुल ७ स्थानीय तह छन् । ३ नगरपालिका र २ गाउँपालिका गरी ५ स्थानीय तहको क्वारेन्टाइमा रहेको ती व्यक्तिहरुको स्वाब संकलन गरिएको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको स्वास्थय कार्यालयले जनाएको छ । उनीहरुको रिपोर्ट भोलिपर्सीमा आउने बताइएको छ ।

भारतले विशेष रेल संचालनमा ल्याएपछि नेपाल फर्किनहरुको संख्या बढ्दै गएको छ । जिल्लाबाट रोजगारीको सिलसिलमा भारत गएका नेपाली कामदारहरु लकडाउनले भोकभोकै बस्न पर्ने बाध्यता आएपछि घर फर्किन थालेका हुन् । 
उनीहरु सिमामा आइपुगेपछि जिल्लाको सम्बन्धित गाउँपालिकाले आ–आफनो क्वारेन्टाइमा राख्ने गरेका छन् । हाल जिल्लाको ७ वटै स्थानीय तहको क्वारेन्टाइमा कुल १ हजार ७५ जना रहेको छन् । जिल्लामा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली कामदारहरु धमाधम भारतबाट नेपाल फर्किन थालेको जिल्लाका क्वारेन्टाइनहरु भरिन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप