प्रहरी उपरीक्षकको गार्ड र चालकलाई भेटियो कोरोना
बुधबार, १४ जेठ २०७७, १८ : ३७
जनकपुर । सिरहाका प्रहरी उपरीक्षकको सुरक्षामा खटिने एक जना ३० वर्षीय सुरक्षा गार्ड र उनकै गाडी चलाउने ३९ वर्षीय एक चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँले संक्रमण पुष्टि गर्दै भने, 'दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले बनाएको आईसोलेशन वार्डमा भर्ना गरिएको छ ।'
उनले अहिले संक्रमित दुबै जनालाई जिप्रका सिरहाले निर्माण गरेको आइसोलेशन वार्डमा भर्ना गरिएको बताए । उनका अनुसार संक्रमित मध्ये एक जना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र अर्का एकजना ओखलढुंगा सिद्धिचरण नगरपालिकाका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा