केन्द्रीय संस्करण

विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरतः परराष्ट्रमन्त्री

person explore access_timeजेठ १४, २०७७ chat_bubble_outline0

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताएका छन् । 
यसका लागि सरकारले कुटनीतिक पहलका साथै अन्य आवश्यक तयारी गरिरहेको उनको भनाइ छ । 
नेकपा काठमाडौं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्मा नेतृत्वको टोलीले बुधबार परराष्ट्र मन्त्रालयमा यसबारे ध्यानाकर्षण गराएपछि मन्त्री ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । 

भेटका क्रममा शर्माले काठमाडौंसहित देशभरबाट हाल अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा पुगेका  नागरिकमा समस्या परेकाले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
सो क्रममा मन्त्री ज्ञवालीले विदेशमा अध्ययन एवम् रोजगारीमा रहेका नेपालीहरु कोरोना महामारीको कारण समस्यामा परेको बारे सरकार जानकार रहेको र उनीहरुको समस्या समाधानमा लागिपरेका बताएका थिए । 

अध्ययन एवम् रोजगारीको सिलसिलमा जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकासहित युरोपियन मुलुकमा पुगेकाहरूलाई प्राथमिकतामा आधारमा उद्दार गर्ने तथा बाँकीलाई एक वर्षसम्मको  भाडा छुटका लागि कुटनीतिक तबरबाट सम्बन्धित देशसँग कुराकानी भइरहेको उनले जानकारी दिए । 
यस्तै विद्यार्थीको लागि  शुल्क तिर्न समस्या भएको गुनासो आएकाले  सो समस्या समाधानका लागि विभिन्न उपाय खोजिएको पनि उनले बताए । 
जसमध्ये नेपालबाट खर्च पठाउन सहज गर्ने, विदेशमै पनि तत्काल फी तिर्न नपर्ने व्यवस्था गरिदिन पहल गर्नै जस्ता कार्य भइरहेको उनको भनाइ छ ।
दक्षिण कोरियामा कार्यरत कतिपयको भिसाको म्याद सकिएको अवस्थामा उनीहरुलाई स्वदेश ल्याउनका लागि प्राथमिकतामा राखिएको पनि मन्त्री ज्ञवालीले बताए । 

यस्तै खाडीमा पुगेका युवाहरूका लागि  रोजगारी, राहत, उपचार र फिर्ता ल्याउने विषयमा छलफल भइरहेको भन्दै उनले समस्यामा परेकालाई सरकारले स्वदेश नै फर्काउने बताए । 
 यसका लागि क्याबिनेटले निर्णय समेत गरिसकेको र निर्णयअनुसार कार्यविधि बनाएर उनीहरुको हित अनुरुप सरकारले कार्य गर्ने ज्ञवालीले प्रष्ट पारे । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.