बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

नेम्वाङ नेतृत्वको सुझाव अध्ययन समितिको समय थप

बुधबार, १४ जेठ २०७७, १७ : ०१
बुधबार, १४ जेठ २०७७

काठमाडौं । सुवासचन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यवधि संघीय संसदको छैटौ अधिवेशन सम्मका लागि थप गरिएको छ ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको कार्यवधि थप सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

नेपाली काँ​ग्रेस र राजपा नेपालले सर्लाहीका कुमार पौडेलको हत्याको विषयमा संसदीय समिति गठन गर्न माग गर्दे निरन्तर संसद अवरोध गरेपछि २०७६ साउन २० गते नेकपाका उपनेता समेत रहेका नेम्वाङको संयोजकत्वमा अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको थियो । समितिलाई सार्थक वार्ता तथा संवादमार्फत संसदलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक अध्ययन गरि सुझाव दिनका लागि ३० दिनको समय दिइएको थियो । झण्डै १० महिना पुग्न लागिसक्त्ता पनि समितिले आफ्नो प्रतिवेदन तयार पार्न सकेको छैन । बुधबारको बैठकले समितिलाई छैटौ अधिवेशन सम्मको समय थप गरेको हो ।

त्यसैगरी बैठकमा कानुन न्याय तथा मानवअधिकार समितिको बार्षिक प्रतिवेदन २०७७ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७६ पेश भएको छ । त्यसैगरी, रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनि राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुदै सासंदहरु प्रेम सुवाल र दिव्यमणि राजभण्डारीले विधेयक पास गर्ने अवस्थामा मुलुक नरहेको धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप