शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि

बुधबार, १४ जेठ २०७७, १५ : ४३
बुधबार, १४ जेठ २०७७

हेटौंडा । हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए । उनका अनुसार ती महिलाको हेटौँडास्थित कीटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । 

सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । ती महिलाको स्वास्थ्यावस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ  । हेटौँडामा अहिले लकडाउन कडा पारिएको  छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप