शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

बुधबार, १४ जेठ २०७७, १४ : ४०
बुधबार, १४ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण बैठक बिहिबारसम्मका लागि स्थगित भएको हो ।

आजको पहिलो बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलले विरोध सुरु गरेका थिए । त्यसपछि आधा घण्टाका लागि स्थगित गरेर फेरि सुरु गरिएको बैठक पनि अवरुद्ध भएपनि बिहीबारसम्मका लागि स्थगित गरिएको हो । 

सभामुख अर्जुन बहादुर थापाले छैठौं अधिवेशनको दोस्रो बैठकको कार्य प्रारम्भ भएको जनाउ दिएलगत्तै अवरोध सुरु भएको थियो । 

हिजोको बैठकमा अर्थमन्त्री झपट बोहोराले  बजेटको सिद्धान्त, उदेश्य र प्राथमिकता प्रस्तुत गर्ने क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र विवादित भूमि भनेपछि प्रतिपक्षी दल रुष्ट बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप