मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख खानका दुई सन्तान हुर्किसकेका थिए, कान्छो छोरालाई सरोगेसीमार्फत् यसकारण जन्माउन चाहे

बुधबार, १४ जेठ २०७७, १४ : ३७
बुधबार, १४ जेठ २०७७

शाहरुख खानका कान्छो छोरा अबराम खान २७ मे २०२० अर्थात् आज ७ वर्ष पूरा भएका छन् । उनको जन्म सरोगेसीमार्फत् भएको हो । शाहरुख खानले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा सुहाना र आर्यन हुर्किसक्दा पनि अर्को बच्चाको आवश्यकता किन भयो भनेर जानकारी दिएका थिए ।

गौरीको गर्भ बस्न समस्या भइरहेको थियोः

शाहरुख खानले आर्यन जन्मने बेला गौरीको स्थिती असाध्यै चिन्ताजनक भएको पटकपटक जानकारी दिइसकेका छन् । अबराम जन्मने बेला गौरीको उमेर ४० वर्ष थियो र उनको गर्भ बस्न समस्या भइरहेकोले उनीहरुले सरोगेसीको सहारा लिएको शाहरुखले बताएका थिए ।

यत्तिका वर्षपछि सन्तानको इच्छा किन जाग्यो ? यो प्रश्नको जवाफमा शाहरुखले भनेका थिए, ‘मेरो जेठो छोरा १६ वर्ष पुग्यो र छोरी १३ वर्षकी भइन् । पछिल्लो चार पाँच वर्षदेखि उनीहरु घरभन्दा बाहिरै बस्छन् र स्कूल जान्छन् ।’

उनले भनेका थिए, ‘पहिला बच्चाहरु हामीसँग टाँस्सिएर बसिरहन्थे । मैले उनीहरुसँग धेरै नै समय बिताएको थिएँ । हामी सानो परिवारमा छौं र हामीलाई यसरी नै बस्न मनपर्छ । केही वर्षदेखि बच्चाहरु साथीसँग र आफ्नै कोठाभित्र बस्न थाले ।’

‘कहिलेकाँही त उनीहरु घरभित्र छन्–छैनन् भनेर थाहा नै हुँदैन । हामीलाई उनीहरुको कमी महसुस हुन थाल्यो । छोरा लण्डन गयो र केही समयपछि छोरी पनि जानेछिन् । तर हामीलाई भने बच्चाबिना घर अधुरो लाग्यो । त्यसकारण अर्को सन्तान जन्माउने निधो गर्यौं ।’

अबरामको जन्ममा विभिन्न प्रकारको अफवाह पनि उडेको थियो । अबरामलाई आर्यनको लभ चाइल्ड समेत भनियो । शाहरुख खानले यसबारे पनि कुरा गर्दै भनेका थिए, ‘यस्तो अफवाहले मेरो परिवारमा धेरै नै असर पारेको थियो । विशेषगरी आर्यनलाई जो निकै सानो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप