बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा अब यी पर्वमा हुनेछ सार्वजनिक विदा

बुधबार, १४ जेठ २०७७, १४ : ०२
बुधबार, १४ जेठ २०७७

काठमाडौं । कर्णाली प्रदेश सरकारले २०७७ सालमा दिने सार्वजनिक विदाको तालिका सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न सामाजिक तथा सांस्कृतिक पर्वहरुमा दिने सार्वजनिक विदाबारे निर्णय गरेलगत्तै तालिका सार्वजनिक गरिएको हो ।

तालिकामा धान दिवस, साउने सक्रान्ति, देउडा पर्व, प्रदेश स्थापना दिवस, माघे सक्रान्ति, चैते दशैं लगायतका चाडपर्वहरुलाई समेटिएको छ । यी पर्वहरुमा प्रदेश सरकारले सार्वजनिक विदाका लागि स्वीकृत गरेको छ । बैठकले तिथिअनुसार दिइने अन्य महत्वपूर्ण चाडपर्वहरुको सार्वजनिक विदा भने आन्तारिक मामिला तथा कानून मन्त्रालयले तत् तत् समयमा निर्णय गरी सार्वजनिक गर्ने जनाएको छ । मन्त्रिपरिषद बैठकले योसहित अन्य ६ बुँदे निर्णय समेत गरेको छ ।
यस्ता छन् निर्णयहरु  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप