मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हिन्दु–मुस्लिम ‘भाइ–भाइ’ भन्दै सलमान खानले ल्याए नयाँ गीत, भयो भाइरल

बुधबार, १४ जेठ २०७७, १३ : ५६
बुधबार, १४ जेठ २०७७

इदका अवसरमा सलमान खानले आफ्नो नयाँ गीत ‘भाइ भाइ’ युट्युबमा रिलिज गरेका छन्  । सलमालनले यसमार्फत साम्प्रदायिक सौहार्द र भाइचाराको सन्देश दिएका छन् । साजिद–वाजिदले गीत कम्पोज गरेका छन् । सलमानले आवाज दिएका छन् । 

त्यस्तै, रुहान अरशदले -याप लेखेका छन् । सलमानले सोमबार मध्यराति सामाजिक सञ्जालमार्फत गीतको लिंक शेयर गर्दै लेखेका छन्, ‘मैले तपाइँहरु सबैका लागि केही बनाएको छु, हेरेर प्रतिक्रिया दिनुस् कस्तो लाग्छ । तपाइँहरु सबैलाई इँद मुबारक ।’ 

यस गीतलाई अहिलेसम्म युट्युबमा १ करोड ३१ लाखभन्दा धेरैपटक हेरिसकिएको छ । सलमानले यस गीतबाट दर्शकको प्रतिक्रिया पनि राम्रो पाएका छन् । केही प्रयोगकर्ताले सलमान वास्तविक इन्टरनेटर रहेको भन्दै प्रशंशा गरेका छन् । केहीले उनले सही विषय गीतमार्फत उठाएको बताएका छन् । 

सलमानले १८ अप्रिलमा आफ्नो युट्युब च्यानल बनाएका थिए । त्यसयता उनले यस च्यानलबाट तीनवटा गीत ‘प्यारा करोना’, ‘तेरे बिन’ र अहिले ‘भाइ भाइ’ रिलिज गरिसकेका छन् । पछिल्लो एक महिनामा उनको च्यानलमा सब्सक्राइबर्स संख्या १८ लाख नाघिसकेको छ । त्यस्तै, कुल भ्युअर्स ५ करोड ५० लाख नाघिसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप