बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

संसारका धेरैजसो ठूला नेताले ट्रम्पले प्रयोग गरेको औषधी खाइरहेको दाबी

बुधबार, १४ जेठ २०७७, १३ : ३६
बुधबार, १४ जेठ २०७७

एल सल्वाडोरका राष्ट्रपतिले संसारका सबै ठूला नेताले कोरोनाभाइरसबाट बच्नका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधीको सेवन गरिरहेको दाबी गरेका छन् ।

यो औषधी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि प्रयोग गर्दै आएका छन् । ट्रम्पले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका थिए । तर यो औषधीले कोरोनाभाइरस संक्रमण रोक्न विफल भएकामे एक अनुसन्धानले बताएको छ ।

हाइड्रोक्सिक्लोरोक्विन मूल रुपमा मलेरियाको उपचारका लागि विकसित गरिएको औषधी हो ।

हालै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को रोकथामका लागि हाइड्रोक्सिक्लोरोक्विनको सबै ट्रायल रद्द गरेको छ । कोरोना संक्रमणको मामलामा यो औषधीको कुनै असर नदेखिएको भन्दै ट्रायल रद्द गरिएको छ ।

केहि विशेषज्ञले त यो औषधीको कोभिड–१९ बिरामीलाई झन् हानी गरेको जानकारी दिएका छन् ।

ट्रम्पले आइतबार अब उनले हाइड्रोक्सिक्लोरोक्विनको सेवन नगरेको बताए । तर बुधबार एल सल्वाडोरका ३८ वर्षे राष्ट्रपति नायिव बुकेलेले आफू र आफ्नो अन्य नेताले हाइड्रोक्सिक्लोरोक्विवनको सेवन गरिरहेको बताए ।

उनले भने, ‘म रोगनाशक औषधीको रुपमा हाइड्रोक्सिक्लोरोक्विनकोे सेवन गरिरहेको छु । राष्ट्रपति ट्रम्पले यो औषधी खाइसकेका छन् र संसारका अन्य ठूला नेताले पनि कोभिड–१९ बाट बच्नका लागि यो औषधीको सेवन गरिरहेका छन् ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप