शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेपछि राष्ट्रपति पुटिनको प्रतिक्रिया

बुधबार, १४ जेठ २०७७, १२ : ५६
बुधबार, १४ जेठ २०७७

मस्को । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताउनुभएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् ।

रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।  विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप