कपिलवस्तुमा किशोरी बलात्कृत
बुधबार, १४ जेठ २०७७, १२ : १४
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशाेरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ ।
नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक समेत रहेका लोहारले गएराति किशोरीलाई जर्बजस्ती घरको पछाडि पु-याई सो हर्कत गरेको आरोप लगाइएको छ ।
राति परिवारले किशोरीलाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । घटनापछि फरार अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार