जग्गाको विषयलाई लिएर बुवाको हत्या
सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए । घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्या गरिएको छ ।
बुबालाई हत्या गरेको आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा आज बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिए । जग्गा जमिनको विषयलाई लिएर आफ्नो कान्छो भाइ मदिरा सेवन गरेर पटक–पटक बुबालाई गाली बेइज्जती र कुटपिट गर्दै आएको मृतका जेठो छोरा रामविश्वास रायले जानकारी दिए ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाको टोली पुगेर शवलाई जिल्ला अस्पताल मलङ्गवमा शव परीक्षणका लागि लगिने तयारी भइरहेको गापा अध्यक्ष रायले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक