शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रक्साैलमा अलपत्र नेपालीलाई नेपाल भित्र्याइयो

बुधबार, १४ जेठ २०७७, १० : ५४
बुधबार, १४ जेठ २०७७

भारतकाे रक्सौलमा अलपत्र परेका नेपालीलाई  नेपाल भित्र्याउन सुरु गरिएको छ । 

बुधबार बिहान ८ बजेदेखि  वीरगञ्ज रक्सौल नाकाबाट नेपाल भित्र्याउन सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

पर्साका नागरिकलाई जिल्लाकै क्वारेन्टाईनमा राखिने छ भने अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाले लैजाने व्यवस्था गरिएको पनि उनले बताए ।

२५ जिल्लाका ३५० बढी नागरिकहरू वीरगन्ज रक्साैल नाका भएर नेपाल भित्रिदै छन् । दाङ, रुकुम लगायत जिल्लाबाट गाडी नै बीरगञ्ज पुगिसकेको बस्नेतले बताए । केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पठाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप